दिल्ली- दिल्लीमा रहेका नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराईका कार्यकर्ताबीच एकता भएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मन्च र डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीको भातृ संगठन प्रगतिशील नेपाली समाज (भारत)बीच एकता भएको हो ।
अखिल भारत नेपाली एकता मन्च भारतका अध्यक्ष राजेन्द्र शर्मा र प्रगतिशील नेपाली समाजका अध्यक्ष प्रकाश नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै एकता गर्नुको मुल उद्धेश्य संगठन एकताको रक्षा र सुदृढिकरण गर्दै क्रान्तिकारी दिशामा अघि बढाउने र इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सफल हुने बताइएको छ ।
‘यो ऐतिहासिक पहललाई सफल पार्न संगठन एकताको उपरोक्त लक्ष्य, उद्धेश्य र मर्मलाई आत्मासात गर्नु पहिलो शर्त हो । त्यसो भएमा मात्र पार्टी संगठनलाई एकिकृत क्रान्तिकारी गतिशील एवं शक्तिशाली संगठन बनाउन सकिनेछ,’ उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘एकतालाई सफल बनाई समाजवाद उन्मुख समृद्दि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रक्रियामा व्यवस्थितरुपमा अघि बढ्न सम्भव हुनेछ ।’