काठमाडाैं- भिमसने थापा गाउँपालिका-७, बाेलाङ्गमा ढाका कपडा बुनाइ घरेलु तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालीका र वडा नं ७ को संयुक्त आर्थिक संयोजनमा ढाका कपडा बुनाइ घरेलु तालिम सञ्चालन हुन लागेको हो ।
तालिम बोर्लाङ्ग ठाटीमा कार्तिक २८ गते देखि ३ महिना सम्म सञ्चालन हुने वडाअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । तालिम सञ्चालनका लागी गाउँपालिकाले ५ लाख र वडा नं ७ ले २ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
तालिममा १२ जना सहभागी गराइने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार सहभागी हुनेहरुका लागी खाजा भत्ताको समेत व्यवस्था गरिएको छ ।
वडा भित्रका महिलाहरुलाई सिप सिकाई स्वरोजगार तथा व्यवसायिक बनाउनका लागी ढाका कपडा बुनाइ घरेलु तालिम सञ्चालन गरिएको अउनले बताए । तालिम प्राप्त गरेका महिलाहरुलाई आत्मनिर्भर बनाउन महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ ।