काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनमतको अपमान गरेकाले केपी ओलीलाई जनताले कारबाही गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौं क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीलाई समेत मिलाएर लान नसक्नेले जनता र देशलाई अघि बढाउन नसक्ने बताए ।
आगामी निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको र चुनावपछि गठबन्धनकै सरकार बन्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले संविधानको रक्षा, शान्ति र समृद्धिका लागि गठबन्धनका उमेदवारहरूलाई जित दिलाउनुपर्ने बताइन् ।