काठमाडौँ- दोलखाको तामाकोशी गाउँपालिकास्थित एक मतदान केन्द्रमा गोली चलेको छ।
दलका कार्यकर्ताले मतदानका क्रममा अनावश्यक हुलदंगा गरेपछि प्रहरीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन्।
तामाकोसी गाउँपालिकाको गोल्मेश्वर मतदान केन्द्रमा गोलि चलाउनु परेको हो। मतदान केन्द्रमा एक पटकमा २०–२५ जनालाई मात्रै मतदान गर्न दिने भने पनि कार्यकर्ताले हुलदंगा गरेर मतदान प्रभावित गर्न खोजेका थिए।
अहिले त्यहाँ मतदान रोकिएको छ।