काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू अहिले कुनै पदको दौडमा नरहेको बताएका छन्।
गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रमा आइतवार मतदान गरेपछि उनले यस्तो बताएका हुन्।
सत्ता गठबन्धनबाट भावी राष्ट्रपतिको दाबेदारका रुपमा चर्चा भइरहेका बेला उनले पत्रकारको प्रश्नको जवाफ दिँदै कुनै पदको आकांक्षी नरहेको बताएका हुन्।
‘मलाई त्यसबारेमा कतैबाट पनि कुनै प्रस्ताव आएको छैन। र, म त्यस पदका लागि आकांक्षी पनि छैन’, उनले भने, ‘तर यो निर्वाचनमा गठबन्धन दलको बहुमत आएर पाँच वर्ष स्थिर सरकार चल्न सक्छ।’
यो निर्वाचनका क्रममा चलाइएको ‘नो नट अगेन’ अभियानप्रति टिप्पणी गर्दै भट्टराईले यसलाई पुराना दलप्रतिको आक्रोशको अभिव्यक्ति भने।
यस्ता अभियानले पुरानमा दलहरुलाई सँच्चिन दबाब बढाउने पनि उनले बताएका छन्।