गाेरखा– गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तर बनाएका छन्।
१० हजार ४३६ मत गणना हुँदा प्रचण्ड फराकिलो मतान्तरसहित अगाडि छन्। प्रचण्डले ५ हजार ९८१ मत ल्याएका छन्।
प्रचण्डसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले १ हजार ६८४ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँले १ हजार ४३८ प्राप्त गरेका छन्।
अहिलेसम्मको मतपरिणाममा मियाँ तेस्रो स्थानमा छन्। प्रचण्ड चितवन ३ छाडेर गोरखा २ बाट निर्वाचन लडेका हुन्।