लम्जुङ- नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निरन्तर पछि परेका माओवादी केन्द्रका महासचिव देव गुरुङले मंगलबार विहान थोरै मतान्तर घटाएका छन्।
तर, एमाले उपमहासचिव गुरुङमाथि अग्रता हासिल गर्न महासचिव गुरुङलाई निकै हम्मे परिरहेको छ।
मतगणनाको पछिल्लो परिणाम अनुसार उपमहासचिव गुरुङ र महासचिव गुरुङबीचको मतान्तर १ हजार ८ सय ६५ रहेको छ।
यसअघिको मतगणनामा एमाले उपमहासचिव गुरुङले माओवादी महासचिव गुरुङसँग १ हजार ९ सय ९ मतान्तर बनाएका थिए।
हालसम्म एमाले उपमहासचिव गुरुङले १० हजार ३ सय ३२ मत प्राप्त गरेका छन् भने महासचिव गुरुङले ८ हजार ५ सय ६७ मत पाएका छन्।