गोरखा– माछिखोलाबाट गोरखा आँउदै गरेकाे बस हरमटारीमा दुर्घटनामा परेकाे छ। बस गोरखा सदरमुकाममा ब्रेक फेल भएर बस दुर्घटनामा परेकाे हाे।
सदरमुकामको हरमटारीबाट खोलखोले तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । ना ६ ख ८९९८ बस हरमटारी स्थित कृषि बिकास बैंक अगाडी दुर्घटनामा परेको हो ।
सदरमुकामबाट अन्य मुख्य शहर छुट्ने ठाउँ परेकाले बस कुरेर बसी रहेका दुई दर्जनभन्दा बढी यात्रुहरु भागेर ज्यान जोगाएका छन् । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।