काठमाडौँ- म्याग्दीको प्रदेश ‘ख’मा माओवादी केन्द्रका रेशम जुग्जाली मगर ‘सुविन’ विजयी भएका छन्। एमालेका यामबहादुर गर्बुजा मगरलाई १०१ मतले हराउँदै उनी प्रदेशसभा सांसद बनेका हुन्।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका जुग्जालीले ९ हजार ४५४ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका यामबहादुर जुग्जालीले ८ हजार ३५३ मत प्राप्त गरेका थिए। विद्यार्थीकालदेखि नै माओवादीमा लागेका रेशमका दाजुले जनयुद्धमा ज्यान गुमाएका थिए।
३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (२) मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।
२०७४ मा मालिका ७ को वडा अध्यक्षमा निर्वाचित जुग्जाली गत वैशाखको स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षमा पराजित भएका थिए । जुग्जालीलाई सत्तारुढ नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सर्मथन गरेका थिए ।