गोरखा– गोरखा निर्वाचन क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । कांग्रेस जिल्ला पार्टी सभापति समेत रहेका उनले १६ हजार २६१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन भट्टराईले ७ हजार ५३३ मत ल्याए । सो क्षेत्रमा कुल २९ हजार ६८६ मत खसेको थियो ।
२०७४ काे निर्वाचनमा याे क्षेत्र एमालेका रामशरण बस्नेतले जितेका थिए ।