काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको चर्को आलोचना गरेका छन्।
नवनिर्वाचित एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय जन सांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद देखाएको टिप्पणी गरेका हुन्।
ओलीले भने, ‘सुकुम्वासी बस्तीमा तमासा, त्यहाँ तमासा गर्ने हाकिमका कुरा सुन्दा खेरी हामीलाई पुलिसले हामीलाई सहयोग नै गरेन । नत्र त जित्यौँ। त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ । केके न बहादुरी गरेजस्तो ? शत्रु देशको लडाइँजस्तो। भाषा, शैली र तरिका छ।’
चुप लागेर खोला किनारमा बसेको गरिब कुरुवगालाई हटाएर के हुन्छ ? भनेर प्रश्न समेत गरे। बलबाट लोकतन्त्रमा समस्या समाधान नहुने उनको भनाइ छ।
सुकुम्वासी र राज्यको बीचमा हारजित भएजस्तो कुरा गरेकोप्रति आपत्ति जनाए।