काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । सोमबार बिहान अध्यक्षद्वयबीच भेटवार्ता भएको हो ।
प्रतिनिधिसभामा निर्वाचित भएसँगै अध्यक्ष रावतले दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिइरहेका छन् ।
राउतसँगको भेटपछि अध्यक्ष भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुशी ।’
जनमत पार्टी प्रत्यक्षमा एक सीट जितेर तथा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ । जनमत यो निर्वाचनपछि मधेसमा नयाँ शक्तिको रुपमा उदय भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा.सि के राउत र अन्य उच्च पदाधिकारीसंग समसामयिक राजनीतिवारे उपयोगी छलफल।मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा वहाॅलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुशी। pic.twitter.com/ZI5QlXBh6W
— Baburam Bhattarai (@brb1954) December 5, 2022