तनहुँ- नारायणघाटबाट बाग्लुङ जाँदैकाे गरेकाे बस पृथ्वीराजमार्गमा पर्ने म्याग्दे गाउँपालिका–६ अकालमा बिहीबार दिउँसो बस दुर्घटनामा परेकाे छ ।
नारायणघाटबाट बाग्लुङ जाँदै गरेको ग १ ख ५५२५ न को बस अनियन्त्रित भएर म्याग्देमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा १५ यात्रु घाइते भएका छन्।
सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये चालक नरबहादुर लामासहित सवार १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
सबै घाइतेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।