काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने बताएका छन् ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताएका हुन ।
‘राष्ट्रपतिबाट गैरराजनीतिक क्षेत्रबाट होइन, राजनीतिक दलबाटै हुन्छ’, प्रचण्डको भनाइबारे एक पदाधिकराीले भने, ‘तर, संविधानमा प्रतिवद्ध मान्छेलाई बनाउनुपर्छ भन्नेमा मुख्य दलहरुबीच करिब–करिब सहमति छ ।’
त्यस्तै उनले शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै प्रचण्डले अहिले नै त्यसको ठोस खाका बन्न नसकेको बताएक थिए ।
‘यसबारे गठबन्धनमा अझै व्यवस्थित छलफल भएको छैन’, उनले भने, ‘देउवाजीले संसदीय दलको नेता चयनपछि छलफल गरौंला भन्नु भएको छ ।’