काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् ।
बाबुराम अर्का नेता महेन्द्र राय यादवसहित बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् ।
कांग्रेसका सभापतिसमेत रहेका देउवालाई संसदीय दलको नेता चुनिएकोमा बधाई दिने क्रममा आफूहरू बालुवाटार पुगेका बाबुरामले उल्लेख गरेका छन् ।
बालुवाटारबाट फर्किएपछि उनले लेखेका छन्, ‘संसदीय दलको नेता निर्वाचित हुनुभएकोमा प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।’
देउवा हिजोमात्रै दलको नेता निर्वाचित भएका हुन् ।
भेटमा आगामी सरकार गठन, चुनावी समिक्षा लगायतको बिषयमा पनि छलफल भएको बुझिएको छ। माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेको नेसपाले प्रतिनिधि सभामा एक सीट जितेको छ।