काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाएको हेर्ने आफ्नो चाहना रहेको बताएका छन्। संसदमा सपथपछि प्रतिक्रिया दिँदै उनले राप्रपा प्रतिपक्षमा बस्ने तयारीमा रहेको बताए।
उनले भने, ‘हाम्रो चाहना कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहना छ। स्थायी सरकार हुन्छ। ५ वर्ष ढुक्कै हुन्छ। हामी प्रतिपक्षमा बस्छौं।’
सत्ता गठबन्धनकै सरकार हुँदा पनि आफूलाई आपत्ति नरहेको लिङ्देनको भनाइ छ। आफू भने प्रतिपक्षकै लागि तयारी गरिरहेको उनले उल्लेख गरे।
आफ्नो भूमिका देखिँदा मात्रै सरकारकका निम्ति छलफल गर्ने बताए। उनले थपे, ‘राप्रपाको भूमिका देखिने भो र आवश्यक्ता भयो भने छलफल गर्छौं। सरकारा निर्माण र मन्त्री पदका लागि कसैलाई समर्थन गर्दैनौं।’
कसैको सरकारमा जाँदा हिजोको भन्दा अवस्थामा केही फरक पर्नुपर्ने लिङ्देनको भनाइ छ। सेवा र सुशासनमा फरक क्रियाकलाप हुनुपर्ने उनको शर्त छ।