काठमाडौं– सत्ता गठबन्धन टुटेको निष्कर्ष निस्किएको र नयाँ गठबन्धनको पहल भइरहेको समयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आन्तरिक छलफलमा जुटेका छन्।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालीबीच छलफल भएको थियो। तर सहमति जुट्न नसकेपछि प्रचण्ड र नेपाल बाहिरिएका थिए।
बालुवाटारबाट बाहिरिएर प्रचण्ड आफ्नो निवास खुमलटार पुगेर ओली निवास बालकोट पुगेका छन्। तर, नेपाल भने पार्टीको आन्तरिक छलफलमा जुटेका छन्।
अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, डा विजय पौडेल लगायतका नेताहरु छलफलमा जुटेका हुन्।
प्रचण्ड एमालेसँगको छलफलमा जुटेता पनि एकीकृत समाजवादीलाई भने अप्ठ्यारो देखिन्छ। एमाले विभाजनपछि यी दुवै पार्टीका नेताहरुबीच संवाद हुने गरेको पाइँदैन। एमाले र माओवादी केन्द्रका नेताहरु भने यसबीचमा पनि छलफलमा जुटेका थिए।
याे पनि,
१४४ सांसदसहितको यस्तो बन्न सक्छ बालकोट गठबन्धन !
संकटमा सत्ता गठबन्धन : बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड
बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड
संकटमा सत्ता गठबन्धन, देव गुरुङ भन्छन्- गडबड सुरु भो
झलनाथ खनालले भने : अब गठबन्धन अघि बढ्दैन
रामचन्द्र पौडेल भन्छन्– कांग्रेसको हातमा अब केही रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो
माओवादी नेताहरूसँग प्रचण्डकाे ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्
नेकपा विभाजनपछि पहिलो पटक बालकोटमा प्रचण्ड
देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार