काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् ।
आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा सहभागी भएपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?’
विश्वकपको फाइनलको निर्धारित ९० मिनेटको अन्तिम समयमा फ्रान्सले लगातार २ गोल गर्दै बराबरी गरेसँगै खेल निकै रोमाञ्चक बनेको थियो । अतिरिक्त ३० मिनेटको समयमा पनि बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो ।
अहिले सरकार निर्माणको खेल पनि त्यस्तै बन्न लागेको हो भन्दै भट्टराईले प्रश्न गरेका हुन् ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाडेपछि माओवादी केन्द्र गठबन्धन छाडेर एमालेसँगको छलफलमा छ । बालकोटमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र जनमत पार्टीका नेताहरूको बैठक बसिरहेको छ ।
याे पनि,
१४४ सांसदसहितको यस्तो बन्न सक्छ बालकोट गठबन्धन !
संकटमा सत्ता गठबन्धन : बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड
बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड
संकटमा सत्ता गठबन्धन, देव गुरुङ भन्छन्- गडबड सुरु भो
झलनाथ खनालले भने : अब गठबन्धन अघि बढ्दैन
रामचन्द्र पौडेल भन्छन्– कांग्रेसको हातमा अब केही रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो
माओवादी नेताहरूसँग प्रचण्डकाे ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्
नेकपा विभाजनपछि पहिलो पटक बालकोटमा प्रचण्ड
देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार
हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो?
— Baburam Bhattarai (@brb1954) December 25, 2022