काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।
अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष शीर्ष नेताहरुले सरकार गठनको दाबी पेश गर्न जाँदैछन् ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा प्रचण्डको नाम पेश गरिने छ । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।
सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।
याे पनि,
बाबुरामले भने : वर्ल्डकप र नेपालको राजनीतिको खेल उस्तै रोमाञ्चक
१४४ सांसदसहितको यस्तो बन्न सक्छ बालकोट गठबन्धन !
संकटमा सत्ता गठबन्धन : बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड
बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड
संकटमा सत्ता गठबन्धन, देव गुरुङ भन्छन्- गडबड सुरु भो
झलनाथ खनालले भने : अब गठबन्धन अघि बढ्दैन
रामचन्द्र पौडेल भन्छन्– कांग्रेसको हातमा अब केही रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो
माओवादी नेताहरूसँग प्रचण्डकाे ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्
नेकपा विभाजनपछि पहिलो पटक बालकोटमा प्रचण्ड
देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार