काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।
स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।
प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।
एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् ।
संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पुर्याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।
याे पनि,
प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय, शीर्ष नेता शीतल निवास जाँदै
बाबुरामले भने : वर्ल्डकप र नेपालको राजनीतिको खेल उस्तै रोमाञ्चक
१४४ सांसदसहितको यस्तो बन्न सक्छ बालकोट गठबन्धन !
संकटमा सत्ता गठबन्धन : बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड
बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड
संकटमा सत्ता गठबन्धन, देव गुरुङ भन्छन्- गडबड सुरु भो
झलनाथ खनालले भने : अब गठबन्धन अघि बढ्दैन
रामचन्द्र पौडेल भन्छन्– कांग्रेसको हातमा अब केही रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो
माओवादी नेताहरूसँग प्रचण्डकाे ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्
नेकपा विभाजनपछि पहिलो पटक बालकोटमा प्रचण्ड
देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार