काठमाडौं– नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
श्रेष्ठले परराष्ट्र मन्त्रालय त्यागेका छन् । उनलाई उपप्रधानसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि श्रेष्ठलाई मन्त्रालय हेरफेर गरिएको माओवादी उच्च स्रोतले जनाएको छ ।
माओवादी पदाधिकारी बैठककै बिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । कांग्रेसका अन्य नेताले पनि फोन गरेर बधाई दिएको महराले जानकारी दिए।