काठमाडौँ- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले लेखनाथ न्यौपानेले बुधबार अपरान्ह खुमलटारबाट बालुवाटार सर्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्।
बालुवाटार सर्नका लागि ज्योतिषी टीकाराम घिमिरेसँग बुधबार ५ बजेको साइत हेराएको समाचार बाहिरिएपछि न्यौपानेले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डमाथि व्यंग्य कसेका हुन्।
‘दौरा सुरुवाल लगाउने, ज्योतिषी बोलाएर साइत जुराउने! अब बोको काटेर ग्रह कटाउने, हाम्रो पार्टी अध्यक्ष’, उनले भनेका छन्, ‘हाम्रो पार्टीको नाम नेकपा (माओवादी केन्द्र), हाम्रो मार्ग निर्देशक सिद्धान्त-मालेमावाद, माओवादीको भविष्य!’
न्यौपानेले अध्यक्ष दाहालमाथि मालेमावादको सिद्धान्तबाट विचलित भएको टिप्पणी गरेका हुन्। कम्युनिष्ट पार्टीको अध्यक्ष साइत हेराउनेतिर लागेकोमा उनको आपत्ति थियो।