बुटवल– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउंमा उभिनुको विकल्प नभएको बताएका हुन् ।
वामपन्थी दलहरु एकतावद्ध नभए गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि गुम्दै जाने गुरुङको दावी छ ।
‘सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्छ’-गुरुङले भने–‘सबै कम्युनिष्ट घटकहरू मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ।’
उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा समेट्ने प्रक्रियामा रहेको बताए ।