काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । १४ पुस बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भई बन्ने बैंकले भने ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्नेगरी अन्तिम स्वीकृति पाएको छ ।
मेगा बैंकको हाल कायम सेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता बराबर ९० कित्ता अथात् १०ः९० को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएका हुन् ।