काठमाडौं– नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ ।
१४ पुस बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
दुवै बैंकको संयुक्त मर्जर कमिटीले ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकले जनाएको छ ।
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन् ।