काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेताकोबदख्वाइँगर्नेक्रम तत्काल रोक्न निर्देशन दिएका छन् ।
मंगलबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जनाए ।
‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठुलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठुलो हुने । आफ्नो नेताहरूको बदख्वाइँ गरेर अरू नेताको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठुलो हुने ?’अध्यक्ष नेपालको प्रश्न छ । उनले यस्तो तौरतरिका तत्काल बन्द गर्न निर्देशन समेत दिए ।
उनले सबै कुरा पार्टीमा छलफल गर्ने नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको बैठकमा कुरा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।
उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप छ । झाँक्रीले हालै एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ता दिएकी थिइन् । भने, मुकुन्दले सार्वजनिकरूपमै नेतृत्वविरुद्ध बोल्दै आइरहेका छन् ।