पाेखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ शपथ लिएका हुन्।
मुख्यमन्त्री सँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन्।
नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।
एमाले संसदीय दलको नेता रहेका खगराजलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थनसहित मुख्यमन्त्री नियुक्त भएका हुन्।
माओवादी संसदीय दलका नेता चुमान मुख्यमन्त्रीका दाबेदार थिए । भौतिक पूर्वाधार मन्त्रालय लिएर उनकै नेतृत्वमा माओवादी सरकारमा गएकाे हाे । चुमान तनहुँका हुन् । माओवादीबाट गोरखाकी सुशीला सिंम्खडा चुमानपछिको दाबेदार हुन् ।
चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर तीन वर्ष काम गरेका थिए । उनी पार्टीका पोलिटब्युरो सदस्य समेत हुन् ।