काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो।
मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। मन्त्रिपरिषदमा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी सो निर्देशन दिइएको पनि मन्त्री पौडेलले बताए।
मन्त्रिपरिषद बैठकले सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ।बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
बैठकले उखुको मूल्य प्रतिक्वीटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाडा ७० यो निर्धारण गरेको उनले जानकारी दिए। यस्तै, बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी बैठकले प्रतिक्वीटल उखुको मूल्य ५४० रुपैयाँ तोकेको छ। र, सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताए। त्यसैगरी कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि बैठकले निर्णय गरेको छ।
क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको मन्त्रिपरिषद बैठकमा छलफल भएको छ। त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।