काठमाडौँ- हाल देशमा बढ़िरहेको जाड़ोलाई मध्यनज़र गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा ‘सूर्यज्योतिको न्यानोपन’ भन्ने अभियान सञ्चालन गरेको छ।
अभियानका क्रममा कम्पनीले विपन्न परिवारलाई कम्बल तथा न्यानो कपडा वितरण गरेको छ। सूर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहर बाट बच्न केहि राहत होस् भनि असहाय बालबालिका, बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको जनाएको छ।
उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागि विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको हो।
सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोइस थापाद्वारा नेपाल स्नेही काख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो।
साथै गुल्मिमा, बौद्धिक/बहिरा (अपांगता भएका विद्यार्थी भाइ बहिनीहरुलाई न्यानो कपडा वितरण र माझिगाँउ बलिथुमका बिपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको थियो।
अभियान अन्तर्गत लक्ष्मिनिया गाउँपालिकामा गरिब तथा विपन्नहरुलाई कम्बल वितरण गरेको थियो। लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्यज्योति लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो। साथै जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरिएको थियो।
केही हप्तादेखि चिसो क्रमिक रुपमा बढ्दै गएकोले यसबाट जोगिन न्यानोको लागी कम्बल तथा कपडा वितरण अभियान चलाइएको र यस किसिमका अभियान देशको अन्य विभिन्न स्थानमा पनी गर्दै जाने प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले प्रतिवद्धता व्यक्त गरे।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ बाट सम्मानित भैसकेको छ। हाल कम्पनीको चुक्ता पूँजी रु ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।