काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री गतिशील नेता भएकाले अहिलेको सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताएका छन् ।
सोमबार आयोजित एक साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । प्रचण्ड जता पनि टर्न लिन सक्ने नेता भएकाले गठबन्धनको कुनै ठेकान नभएको उनको भनाइ छ ।
कांग्रेसले आफ्नो दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार उठाउने तयारी गरेको उनले जानकारी गराए । नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तन अत्यन्त बच्पना रहेको पनि उनले टिप्पणी गरे । आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकता र आन्तरिक द्वण्द्वका कारण मुलूकलाई नराम्रो असर पारेको उनको भनाइ छ ।
विगतकै सोचाइ बोकेर हिडिरहे अर्को ३२ वर्षमा पनि यो मुलूक नबन्ने उनले बताए । तत्कालिन एमाले नेता मनमोहन अधिकारी प्रधानमन्त्री हुँदापनि आफूहरुले विश्वासको मत दिएको स्मरण गर्दै उनले त्यसबेला मनमोहनलाई समर्थन नगर्दा मध्यावधि निर्वाचनमा जानुपर्ने बाध्यता भएकाले कांग्रेसले समर्थन गरेको उनले बताए । भएको र मुलूकको धेरै खर्च हुने भएकाले समर्थन गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको बताए । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनले चर्चा गरे ।