काठमाडाैं- रवि लामिछानेले आइतवार प्रक्रिया पुरा गरेर नागरिकता लिएपछि पुनः गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् ।
आइतवार बेलुका र हिजो बिहान-बेलुका दुई पटक प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका लामिछानेले बालुवाटार पुगेर ‘मलाई त्यही मन्त्रालय चाहियो’ भन्दै अड्डी कसेकोवारे माओवादी पदाधिकारी बैठकमा हिजै रिपोर्टिङ्ग भएको छ ।
रविको अड्डीबारे प्रधानमन्त्री प्रचण्डले हिजो पेरिसडाँडामा बसेको पार्टी बैठकमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले फैसलाको पूर्ण पाठ कुर्न आग्रह गर्दै यसवारे छलफल गर्न सकिने जवाफ दिएकाे एक पदाधिकारीले बताए ।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘प्रधानमन्त्रीसङ्ग रविले हिजो बिहान भेट्नुअघि र भेटेलगत्तै महान्यायाधिवक्ता दिनमणि पोख्रेलले कुनै हालतमा अहिले फौजदारी अभियोग झेल्दै गरेको, त्यो पनि गैह्र साँसदलाई मन्त्री नियुक्त गर्न मिल्दैन, राहदानीसम्बन्धी कसुरमा कुनै हालतमा जोगाउन सकिन्न भन्नुभएको छ । तपाईं केही समय चुप लागेर बस्नुस् ।’
प्रधानमन्त्रीको उक्त धारणा सुन्ने बित्तिक्कै पौने ११ बजे रविले बालुवाटारमा भनेका थिए, ‘अदालत र अमेरिका बारम्बार गैरहने ३ जना श्रीमानलाई म मिलाउँछु । पासपोर्टको छानबिनमा पनि प्रहरीतिर मै मिलाउँछु, तपाईंले यसमा कुनै चिन्ता लिनुपर्दैन । तर मलाई आजै बेलुकासम्म गृहमन्त्रीको शपथ खुवाउन पर्यो । अरु कुरो मलाई थाहा छैन । अन्यथा, सरकारलाई दिइएको समर्थनबारे विचार गर्नुपर्ने हुन्छ ।’
जन आस्थाबाट