गाेरखा- नेकपा माओवादी केन्द्रले २०५२ सालमा थालेको जनयुद्ध दिवसका दिन आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको मिति माघ १६ गते गतेको निर्णय बमोजिम बारपाक सुलिकोट गाउँकार्यपालिकाको कार्यालय, अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए।
गाउँपालिकाले जनयुद्ध दिवसका दिन ‘राष्ट्र निर्माणमा शहिदको योगदान’ विषयक गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता राखेको छ।
त्यस्तै पालिकाले गाउँभरी दीपावली गरेर जनयुद्ध दिवस मनाउन अनुरोध गर्ने निर्णय गरेकाे छ ।