काठमाडाैं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चार दलबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्न सक्ने संकेत गरेका छन् ।
याे पनि,
राष्ट्रपति निर्वाचन : बालुवाटार बैठकमा जुटेन सहमति, आजै ५ बजे फेरि बस्ने
प्रतिनिधि सभाको बैठकपछि बाहिरने क्रममा राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति बन्न लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पक्कै पनि त्यही हो ।’
याे पनि,
राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने माओवादीसहित तीन दलकाे निर्णय
उनले राष्ट्रपतिको विषयमा ठोस निर्णय पाँच बजे बस्ने बैठकले गर्ने बताए ।
उनले भने, ‘हामीले एजेण्डासहित राष्ट्रिय सहमति भनेर प्रस्ताव पार्टीबाट अघि सारेका छौं । एमालेसहित सबै दलहरुसँग छलफल हुन्छ। तानातानको अवस्था होइन । सहकार्यको अवस्था छ । राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी छाडेर सबै पार्टीहरु जिम्मेवार भएर लाग्नुपर्छ ।’
याे पनि,
बालुवाटारमा प्रचण्ड-ओलीबीच ‘निर्णायक’ छलफल
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी शर्मा र एकीकृत समाजवादीबीच राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको थियो।
चार दलले अपराह्न ५ बजे थप छलफल गर्ने निर्णय गरेका छन्। त्यसअघि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘निर्णायक’ छलफल चलिरहेकाे छ ।
याे पनि,
ओली भन्छन्- राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, अन्त के भइरहेको छ थाहा छैन