फाइल तस्बिर
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको वार्तापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
नेपालसँग महारागञ्जमा करिब ४५ मिनेट लामो वार्तापछि अध्यक्ष ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतल निवास पुगका हुन् ।
अध्यक्ष नेपालसँगको भेटमा ओलीले गत शनिबारको जस्तै राष्ट्रपति प्रस्ताव गरेका बताइएको छ। उनले नेपाललाई राष्ट्रपति उठ्न प्रस्ताव गर्दै पार्टी एकता पनि गरेर अघि बढ्न भनेका थिए।
तर त्यसको जवाफमा अध्यक्ष नेपालले अहिले नै त्यसबारे आफूले सोचिनसकेको जवाफ ओलीलाई दिएका थिए।
दुई नेताबीच छलफलपछि नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहितको पुरानो गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार छिरे भने ओली शीतल निवास पुगे।