काठमाडौं- नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौता अनुसार आफूहरुलाई भोट हाल्नेमा विश्वस्त रहेको बताएका छन् ।
ललितपुरको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले ओलीसँगकाे भेटमा आफू अप्ठ्यारोमा परेको बताएपनि सम्झौता अनुसार आफूहरुलाई नै भोट हाल्ने एकीन भएको बताए । उनले भने, ‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ ।’
उनले माओवादी, कांग्रेस, नेकपा एस, जसपा, लोपसा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतका नयाँ ८ दलीय गठबन्धनलाई नयाँ गठबन्धन नभएको संज्ञा दिएका छन् ।
८ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे गरिएको भन्ने प्रश्नमा ८ दलका नेतालाई प्रचण्डले चिया खान बोलाएको बताए।
पौडेललाई ८ दलले समर्थन गरेको भन्ने प्रश्नमा अध्यक्ष ओलीले कहाँ ८ दललाई समर्थन दियो भन्दै प्रतिप्रश्न गरे । ८ दललाई चिया खान बोलाएको सबै भोट हुन्छ भन्दै प्रश्न गरे ।
याे पनि,
नयाँ गठबन्धनबारे एमालेले भन्याे : प्रधानमन्त्रीबाटै देशलाई अस्थिरतातर्फ धकेल्ने काम भयोे
पाल्पा पुगेर नारायणकाजीले भने : कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ
आठ दलको बैठकमा प्रचण्डले भने : आजदेखि नयाँ यात्रा सुरु भयो
कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति, रामचन्द्र पौडेलको नाम टुंगिए जस्तै
माधव नेपाललाई भेटेपछि केपी ओली शीतल निवासमा
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
राष्ट्रपतिमा प्रस्तावित रामचन्द्रले भनेः सबैको अपार सहानुभूति पाएँ, संविधानको रक्षा गर्छु
सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय
ओली भन्छन्- राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, अन्त के भइरहेको छ थाहा छैन