काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शुक्रबार साँझ शीतल निवास पुगेका राष्ट्रपतिका निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई प्रधानमन्त्रीले पहिलो पटक भेटेका हुन्। पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तै शुक्रबार उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
पौडेल र यादव दुवै सत्ता गठबन्धनबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।