गाेरखा- गोरखा सेवा समाज कतारको साधारणसभा सम्पन्न भएकाे छ ।
२४ मार्च शुक्रवारका दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा १२औँ साधारणसभा सम्पन्न भएकाे हाे ।
मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले मानवता मानवता प्रवर्धन, नेतृत्व क्षमता विकास तथा आमा सेमिनार कार्यक्रम मार्फत सभाकक्षमा उपस्थित दर्शक श्रोताहरूलाई आत्ममुग्ध गरे ।
देशव्यापी रूपमा मानवता प्रवर्धन अभियान चलाईरहेका अधिकारीले अबको दुइ बर्ष भित्रमा नेपालका सडकमा कोहीपनी मानव बेसहारा बन्न नपर्नेगरी मनव सेवा आश्रमले काम गरिरहेको बताए ।
नेपालका विभिन्न १३ जिल्लालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिसकेका छन् भने केही जिल्लाहरूमा मानव मन्दिरको गुरूयोजना अन्तर्गतको काम भएको जानाकारी दिए।
समाजले गाेरखाकाे पाेखरीथोकमा रहेको निर्माणाधीन बाल मन्दिर सम्पन्न गर्नका पाँच लाख एघार हजार एक सय एघार सहयाेग गरेकाे थियाे।
कार्यक्रममा दोहामा रहेका विभिन्न वैचारिक संगठन, सामाजिक संस्थाहरूको बाक्लो उपस्थित रहेका थियो ।