काठमाडौं– यूएईमा कार्यरत नेपाली चालकले २ करोड दिरामको चिठ्ठा जितेका छन् ।
उनले जितेको चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । खालिज टाइम्सका अनुसार पदम नाम गरेका ती नेपाली चालक सन् २०२३ मा यूएईमा यति ठूलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्तl हुन् ।
तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए ।
पदमले हरेक महिना ५७०० दिर्हाम आम्दानी गर्दै आएका छन्। काममा व्यस्त हुनुका बाबजुद उनी मानिसहरुलाई पनि सहयोग गर्दै आएका छन्।
‘म दृष्टिविहीन र वृद्धावस्थाका मानिसहरुलाई सकेको सहयोग गर्छुृ, अब म ठूलै रकम सहयोग गर्न सक्ने भएको छु’, उनले भनेका छन्।
उनी २३ वर्षदेखि यूएईमा बसिरहेका छन्। त्यहाँ उनलाई ड्राइभरको रुपमा एउटा कम्पनीले लिएको थियो जहाँ उनी अहिले पनि काम गरिरहेका छन्।
करोडपति बनेका उनी आफ्नो ड्राइभर पेसा पनि जारी राख्ने र महजुज टिकट किनिरहने बताउँछन्।