गाेरखा- गण्डकी गाउँपालिकाले हालै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएका विद्यार्थीहरुलाई दुई महिने आधारभूत कम्प्युटर तालिम दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विहिबार ज्ञानमार्ग माध्यमिक विद्यालयमा दुईमहिने कम्प्युटर तालिमको शुभारम्भ गरेका हुन् ।
शिक्षालाई प्रविधिमैत्री बनाउनका साथै भर्खर एसईई दिएका विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नका लागि निशुल्क कम्प्युटर तालिम दिन लागेको पालिकाका शिक्षा शाखाका प्रमुख सुदिप पन्थले बताए ।
तालिममा पालिका भित्रका रहेका आठ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई कम्प्युटर तालिम दिइने उनले बताए । तालिममा प्रत्येक विद्यालयबाट २० जना विद्यार्थी सहभागी हुनेछन् ।
दश कक्षा उतीर्ण गरेपछि विद्यार्थीहरु बजार क्षेत्रलगायतका ठाउँमा महङ्गो शुल्क तिरेर कम्प्युटर सिक्न जानुपर्ने बाध्यत रहेकाले विद्यार्थीहरुलाई निशुल्क र आधारभूत ज्ञानको विकास गर्न तालिम संचालन गरिएको उनले बताए ।