काठमाडाैं । काठमाडौंमा दुबईका लागि उडेको विमानमा समस्या आएको छ।
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी गरिएको छ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।
स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।