काठमाडौँ- काठमाडौंको आकाशमा आगो देखिएको विमान दुबइतर्फ नै प्रस्थान गरेको छ।
इन्जिनमा समस्या भयो भनेर रिपोर्टिङ भएपनि पछि नर्मल अवस्था भयो भनेर जहाज गन्तव्यतर्फ लागेको विमानस्थल प्रमुख प्रतापवावु तिवारीले जानकारी दिए।
९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो।
काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए।
जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु सवार छन् ।