काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन् ।
उनले कसैलाई चिन्ता नगर्न समेत भनेका छन् । उता क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले पनि देब्रै इन्जिनमा आगो लागेको विमानको अवस्थ सामान्य हुँदै गएको भन्दै गन्तव्यतर्फ गएकाे जानकारी दिएका छन् ।
सचिवालयका अनुसार जहाज नेपालगञ्जकाे आकाशबाट केहीबेरअघि गन्तव्यतर्फ उडान गरिरहेकाे छ ।
त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडीबी ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।
असामान्य अवस्थाको जहाजले आकाशमा केहीबेर फन्को लगाएको थियो । पाइलटले जहाजलाई केहीबेर अघि उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।