पाेखरा- मानङबाट निर्वाचित तथा एकीकृत समाजवादीका एक्ला सांसद दीपक मनाङेलाई मन्त्री बन्ने भएका छन् । गण्डकीका पाँचौँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाए ।
बिश्वासकाे मत पाएका मुख्यमन्त्री पाण्डेले एक हप्तासम्म मन्त्रालय बिस्तार सकस परेपछि सांसद मनाङे मन्त्री बन्न लागेका हुन् ।
मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र समाजवादीका मनाङेगरी ३५ सांसदको विश्वासको मत दिएका थिए ।
मन्त्रालय विस्तार गर्न नसक्नुमा सत्ता गठबन्धनमा भागबण्डा नमिल्नु नै मुख्य कारण रहेकाे स्राेतकाे दावी छ ।
माओवादीले तीन मन्त्रालय दिनुपर्ने र समाजवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको हाे ।
सांसद मनाङेले आफू मन्त्री बन्ने कुरा प्रदेशमा थाहा नहुने बताएका छन् । उनले मुख्यमन्त्री पाण्डेले चाहे मन्त्री हुने र नहुने कुराले अर्थ नराख्ने बताए । ‘यहाँ कुन नेताले के भन्यो मलाई थाहा छैन । प्रदेशमा मिटिङ गरेर हुँदैन,’ मनाङेले भने, ‘केन्द्रमा तीन नेता मिल्नुपर्छ । उहाँहरूको छलफलले कुन मन्त्री बन्ने भन्ने बल्ल टुङ्गो लाग्छ ।’
मन्त्री बन्न आफूले १ महिना अघि छलफल गरे पनि अहिले कोहीसँग पनि छलफल नगरेको उनको भनाइ छ । आफू मन्त्री भए पुरानै मन्त्रालय समाल्ने उनले बताए ।
‘हामीलाई धेरै ठुलो मन्त्रालय चाहिँदैन । पुरानै मन्त्रालय भए पुग्छ,’ उनले भने ।