गोरखा- लायन्स क्लब अफ, गोरखा सिटिको लायन बर्ष २०२३/२४ को अध्यक्षमा सबिन केसी सर्वसम्मत चयन भएका छन् ।
आइतबार बसेको बार्षिक साधारण सभाबाट नयाँ नेतृत्वमा सबिन केसीलाई चयन गरेको हो ।
जसकाे उपाध्यक्षमा रिक्तबहादुर बानियाँ, ज्याेति काेइराला , ताराबहादुर लामा, सचिवमा बिकाश परियार र काेषाध्यक्षमा दिनेश सेन्चुरी चयन भएकाे क्लवका निवर्तमान अध्यक्ष सन्दिप खत्रीले जनाकारी दिए ।
सदस्यहरूमा प्रमोद कुश्वाह, कुमार तिवारी, सनम केशी, रबिन आचार्य, अमीत खत्री, दिपेश थापा, कर्ण बहादुर गुरुङ र इमान जङ्ग बानियाँरहेका छन् ।
बाँकि सदस्यलाई नयाँ समितिको आगामी पहिलो बैठकबाट चयन गर्ने निर्णय भएको क्लबका नवनिर्वाचित सचित परियारले बताए । क्लबले बिगत ४ बर्षदेखि गोरखा जिल्ला भित्र बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।