काठमाडौँ- शाओमीले रेडमी १० २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ।
आफ्ना उपभोक्ताहरुलाई सुपथ मल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १० २०२२ मा अफर स्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ।
यो अफर जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि लागू हुनेछ।
यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ।’
रेडमी १० २०२२ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागि व्यापक रूपमा प्रशंसा गरिएको छ। यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी+ डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ।
शक्तिशाली मिडिाय टेक हिलिओ जी८८ प्रोसेसरद्वारा सञ्चालित, रेडमी १० २०२२ ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ।
१८ वाट फास्ट चार्जिङ सपोर्ट रहने यसमा शक्तिसाली ५ हजार एमएच ब्याट्रीको साथ प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन्।