काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको हितलाई नै केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता जनाएका छन् ।
सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘म तपाईंहरुले भनेको सुनाप्रति संवेदनशिल छु। म नेपालको हितलाई नै मध्यनजर गरेर मात्रै अघि बढ्छु। नेपालको हितलाई केन्द्रबिन्दुमा राख्छ ।’
उनले आफूहरुले नेपालको राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानमा केन्द्रित भएर भएर कुराकानी गर्ने सुझाव दिएको बताए ।
प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने परराष्ट्रमन्त्री एनपी साउद, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रकाश चन्दै लोहनीलगायत सहभागी थिए ।
प्रधानमन्त्री आगामी जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् ।