गाेरखा- नेपाली कांग्रेस निकट ईन्जिनियरहरुको संगठन सेन्टर फर डेमेक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को सातौ कार्यकारीणि समितिको निर्वाचन सम्पन्न भएको छ ।
आइतबार भएकाे सार्वजनिक नतिजामा ई.लक्ष्मण केसीले नेतृत्वको समुहले केन्द्रमा र सोहि समुहले बाग्मती प्रदेशमा समेत बिजय हाँसिल गरेको छ ।
अजिरकोट घर भएका ई. उमेश धिताल सोहि समुहबाट उपाध्यक्ष पदमा भारी मतले बिजय भएका छन् ।
निकटतम प्रतिद्धन्दी ई. कैशल केसीको १०५१ मत आँउदा, धितालले १५८९ मत ल्याई बिजयी भएका हुन् ।
पुल्चोक क्याम्पसबाट जलस्रोत बिषयमा स्नातोकत्तर गरेका धिताल, यस अघि चौथो कार्यकारीणि समितिमा केन्द्रिय सदस्य निर्वाचित भएका थिए ।
सोहि समुहबाट, उपमहासचिव पदमा गोरखाकै सुशील लामिछाने निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्धन्दी शिब भट्टराईलाई १० मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।