काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।
उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।
काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।
सोविता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आवद्ध छन् ।
माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए ।
चितवन घर भएका गिरेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् ।
घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ ।