काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणा निकै उपलब्धिमुलक भएको दाबी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ। न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु।’
चार दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए।
प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन्।
उनले त्यहाँ १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ गरे दान समेत गरेका छन्।
प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ। न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री @narendramodi, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु। pic.twitter.com/vHgalm6vpz
— PMO Nepal (@PM_nepal_) June 2, 2023