काठमाडौं– भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरे ।
प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरे ।
प्रधानमन्त्री प्रचण्डले पूजाको क्रममा ८ थान लगेज लगेको १०८ किलोग्रामका रुद्राक्षका दाना चढाएका थिए । प्रधानमन्त्री प्रचण्डले पहेलो गेरु पहिरिएर पूजा गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी भएका छन् ।
यता सत्ता घटक नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भने प्रचण्डले पूजापाठ गरेको चित्त बुझेन।
उनले प्रचण्डसहित मन्त्रीहरुले पूजापाठ गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै टिपप्णी गरेका छन् । उनले लेखेका छन्,‘हामी कता जॉदैछौं ? देश कता जॉदैछ?’